रास्वपाको महाधिवेशनमा मतदान जारी, १५ सयले गरे मतदान

177
0
Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी छ । गएराति १२ बजेबाट मतदान सुरु भएको थियो ।

बिहानसम्म १५ सयले मतदान गरेका छन् । पहिलो चरणमा केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ ।

राति १२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहीबार मध्याह्न १२ बजेसम्म हुने रास्वपा निर्वाचन आयोगले जनाएको छ ।

“यही हिसाबले मतदान हुँदा मध्याह्न १२ बजेसम्म मतदान सकिन्छ होला,” प्राविधिक लक्ष्मण रिमालले भने, “एकजनालाई मतदान गर्न औसतमा १५ मिनेट लागिरहेको छ ।”

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान भइरहेको छ ।
मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ ।

निर्वाचनमा ३८४ जना उमेदवारले आफ्नो उमेदवारी दर्ता गराएका छन् । करिब ४२ सय मतदाता छन् ।

यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: