कपडाको आवरणमा सुनचाँदीको तस्करी: विमानस्थलमा ८१ लाख बढीको अवैध गहना बरामद

187
0
Share:

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट अवैध रूपमा कुरियरमार्फत बाहिर लैजान लागिएको ठुलो परिमाणको सुन र चाँदी बरामद गरिएको छ ।

१६ गते जुत्ता, पाइन्ट, सारी र अन्य कपडाहरू (गार्मेन्टका सामान) भनी झुक्याएर लुकाई–छिपाई लैजान लागिएको अवस्थामा उक्त धातुहरू फेला पारिएको थियो ।

बरामद गरिएका ती वस्तुहरू सुन र चाँदी नै हुन् भन्ने कुरा बिहीबार काठमाडौं सुनचाँदी व्यवसायी संघ, क्षेत्रपाटीबाट गरिएको परीक्षणबाट पुष्टि भएको छ ।

परीक्षणका क्रममा बरामद गरिएको सुनको कुल परिमाण २८५.१७८ ग्राम पाइएको छ । जसको बजार मूल्य ६७ लाख ३४ हजार ३ सय ५० रुपैयाँ रहेको छ ।

यसैगरी, ३ केजी ९१४.६५० ग्राम चाँदी समेत बरामद भएको छ, जसको मूल्य १४ लाख ३८ हजार ४३ रुपैयाँ कायम गरिएको छ ।

बरामद गरिएको उक्त सुन र चाँदीको जम्मा कुल मूल्य ८१ लाख ७२ हजार ३ सय ९३ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

वैध रूपमा खरिद गरिएको सुन र चाँदी नियमानुसार घोषणा गरेर लैजाने सुविधा हुँदाहुँदै यसरी गैरकानुनी रूपमा लुकाएर लैजान लागिएको सम्बन्धमा अहिले त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरबाट थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: