
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका निम्ति सोमबार अक्सन भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको सिद्धार्थ बैंक एनपीएलका लागि हुने खेलाडी अक्सनमा १५५ खेलाडी छनोट गरेको थियो । सोमबार भएको अक्सनमार्फत आठ फ्रेन्चाइजीले ५२ खेलाडी किनेका हुन् ।
अक्सनबाट जनकपुर बोल्ट्सले आठ, विराटनगर किंग्स र काठमान्डू गोर्खालेले सात-सात तथा चितवन राइनोज, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र लुम्बिनी लायन्सले ६-६ खेलाडी अनुबन्ध गरे । अक्सनमा सबैभन्दा बढी लुम्बिनी लायन्सले सर्वाधिक ४४ लाख तथा काठमान्डू गोर्खाजले सबैभन्दा कम १७ लाख रुपैयाँ खर्च गरे ।
अक्सनमा यसअघि पहिलो र दोस्रो संस्करणमा जनकपुर बोल्ट्सका मार्की रहेका आशिफ शेखलाई फ्रेन्चाइजीले उच्च मूल्य २० लाखमा किनेका छन् । आशिफका निम्ति चितवन राइनोजबाहेक सबै टिमले बोली लगाएका थिए । लक्की ‘ड्र’मार्फत आशिफ लुम्बिनी लायन्स पुगेका हुन् ।
अक्सनमा क्याटोगरी ‘ए’बाट रुपेशकुमार सिंह, तृतराज दास, विवेककुमार यादव र अर्जुन घर्ती क्षेत्रीका लागि अधिकतम मूल्य १५ लाख रुपैयाँको बोली लागेको थियो । यसैगरी, क्याटोगरी ‘बी’ मा किशोर महतो, शुभ कंसकार र दीपक बोहराका लागि अधिकतम मूल्य १० लाख रुपैयाँको बोली लागेको थियो ।
कुन खेलाडी कुन टिममा ?
चितवन राइनोज
१. विपीन रावल –२ लाख
२. अशोक धामी – २ लाख
३. मौसम ढकाल – ३ लाख
४. गौतम केसी – २ लाख
५. विवेककुमार यादव – १५ लाख
६. सलाहुद्धिन खान
लुम्बिनी लायन्स
१. अरनिको यादव– २ लाख
२. दुर्गेश गुप्ता –५ लाख
३. आशिफ शेख –२० लाख
४. किशोर महतो –१० लाख
५. आकाश त्रिपाठी –५ लाख
६. अजय चौहान
सुदूरपश्चिम रोयल्स
१. सचिन भट्ट– २ लाख
२. आयुब चन्द– २ लाख
३. अनिल खरेल– ५ लाख
४. दीपक बोहरा –१० लाख
५. मिलन बोहरा –५ लाख
६. टेक रावल – २ लाख
विराटनगर किंग्स
१. सुजन थपलिया– ४ लाख २५ हजार
२. अपराजित पौडेल– २ लाख
३. प्रतीक श्रेष्ठ – २ लाख
४. रुपेशकुमार सिंह –१५ लाख
५. नरेन साउद –५ लाख
६. इमरान शेख
७. दिलसाद अलि
काठमाण्डू गोर्खाज
१. प्रसिद्ध जैशी – २ लाख
२. दयानन्द मण्डल – २ लाख
३. सोनु देवकोटा – २ लाख
४. कृष्ण पौडेल – २ लाख
५. शाहिल पटेल
६. देव शाह
७. शुयान्सु कोइराला
जनकपुर बोल्ट्स
१. सन्तोष कार्की – ३ लाख
२. रित गौतम – ४ लाख २५ हजार
३. आयुतोष पाण्डे – २ लाख
४. विशाल सुस्लिङ – २ लाख
५. अभिशेक तिवारी –५ लाख
६. विशालकुमार पटेल –५ लाख
७. तृतराज दास– १५ लाख
८. अमरसिंह राउटोला
कर्णाली याक्स
१. सूर्य तामाङ – २ लाख
२. विपीनप्रसाद शर्मा – ५ लाख
३. शुभ कंशाकार –१० लाख
४. सचिन शर्मा –२ लाख
५. दीपेन्द्र रावल – ५ लाख
६. दिवान पुन –२ लाख
पोखरा एभेन्जर्स
१. विवेक रानामगर– २ लाख ७५ हजार
२. सन्नि विक– २ लाख
३. सुदीप अर्याल– ३ लाख
४. अर्जुन घर्ती – १५ लाख
५. प्रदीप पोखरेल
६. विपीन आचार्य
