भदौ २० र २१ गते पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन, नयाँ नेतृत्व चयन हुँदै

Share:

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशन आगामी भदौ २० र २१ गते हुने भएको छ। बिहीबार बसेको संघको ३०औँ कार्यसमिति बैठकले महाधिवेशनको मिति सर्वसम्मत रूपमा तय गरेको हो।

संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले भदौको तेस्रो सातामा महाधिवेशन आयोजना गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए।

उक्त प्रस्तावलाई कार्यसमितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको महासचिव शोभा गौतमले जानकारी दिइन्।

पोखराको निजी क्षेत्रको छाता संस्था तथा जेठो सामाजिक संस्थाका रूपमा रहेको पोखरा उद्योग वाणिज्य संघको यस महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ।

संघको विधानअनुसार महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका दुई उपाध्यक्ष, कोषाध्यक्ष, उपमहासचिव तथा १५ जना कार्यसमिति सदस्य निर्वाचित गर्नेछ।

निर्वाचित हुने १५ सदस्यमध्ये एक जना औद्योगिक क्षेत्र, चार जना वस्तुगत क्षेत्र र १० जना खुला सदस्य रहने व्यवस्था छ। संघको विधानअनुसार निवर्तमान अध्यक्ष कार्यसमितिमा अध्यक्षपछि रहने व्यवस्था पनि रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: