नेपालले नामिबियालाई दियो १५८ रनको लक्ष्य

Share:

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामिबियासामु जितका लागि १ सय ५८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

नेदरल्यान्ड्सको उट्रेक्टस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए। उपकप्तान दिपेन्द्रसिंह ऐरिले ३० रन थपे। गुल्सन झा २० रन बनाउँदै पेभेलियन फर्के। करण केसीले १८, आशिफ शेखले १६, सोमपाल कामीले १५ रन थपे।

इशान पाण्डे ८, कुशल भुर्तेल २, नन्दन यादव १ र आरिफ शेख शुन्य रनमा नै आउट भए।

नेपालको ब्याटिङ लाइन ध्वस्त पार्न जेजे स्मितले सर्वाधिक ६ विकेट लिए। उनले ९.५ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ६ विकेट लिए। ज्याक ब्रासेल र बर्नार्ड शोल्ट्जले समान २ विकेट लिए।

नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नामिबियाले ३ ओभरको समाप्तीमा ११ रन बनाएर खेलिरहेको छ। क्रिजमा माइकल भान लिगेन १० र अलेक्जेन्डर बुसिङ-भोल्शेन्क १ रनमा नटआउट छन्।

कमेन्ट गर्नुहोस्
Share: