छोरेपाटनबाट १ हजार १९३ एम्पुल लागूऔषधसहित दुई पक्राउ

Share:

पोखरा। पोखराको छोरेपाटनबाट प्रहरीले १,१९३ एम्पुल लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार बिहान करिब ३ः३० बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले पोखरा महानगरपालिका-१७ छोरेपाटनमा सवारीसाधन जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पोखरातर्फ आउँदै गरेको ग २ ख २०११ नम्बरको बसमा सवार रुपन्देहीको ओमसतिया गाउँपालिका-५ लोदपुरका ४१ वर्षीय हरिहर लोध र ५५ वर्षीया रेश्मी लोधको साथबाट डाइजापाम ३९४ एम्पुल, फेनरागन ४०० एम्पुल र बुप्रिनोर्फिन ३९९ एम्पुल गरी जम्मा १,१९३ एम्पुल लागूऔषध तथा एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: