
काठमाडौं । विदेश गएको साढे पाँच महिनापछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्। कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवा बिहीबार दिउँसो पत्नी आरजु राणासहित थाइलान्डबाट नेपाल फर्किन लागेका हुन्।
यसअघि उनी यही साउन २६ गते राति नौ बजेपछि नेपाल फर्किने तयारी थियो। तर राति आउँदा स्वागतमा समस्या हुनसक्ने भन्दै उनको स्वदेश फर्किने सयम दुई दिनपछि दिउँसोको लागि सारिएको हो।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा बिहीबार दिउँसो साढे १२ बजे थाई एयरबाट काठमाडौँ अवतरण हुनेछन्। उनको भव्य स्वागत गर्ने तयारी कांग्रेसको देउवा पक्षले गरेको छ।
देउवा गत फागुन १३ गते उपचारका लागि भन्दै सिंगापुर गएका थिए। त्यतिबेला भारत भ्रमणमा रहेकी देउवापत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा पनि उपचारका लाग सिंगापुर गएकी थिइन्।
