सराङकोटबाट फेवाताललाई नियाल्दा

Share:

पोखरा। प्राकृतिक सौन्दर्यको खानी मानिने पर्यटकीय नगरी पोखराको वातावरण यतिबेला झनै मनमोहक र आकर्षक बनेको छ।

पोखराको प्रख्यात पर्यटकीय स्थल सराङकोटबाट बिहानपख नियाल्दा लेकसाइड, शान्त फेवाताल र आसपासका क्षेत्रहरू अत्यन्तै मनोरम देखिन्छन्। चारैतिर हरियालीले घेरिएका डाँडाकाँडा, तालमा परेको पहाडको छाया र सुन्दर बस्तीको संयोजनले पोखराको शोभामा अझ निखार ल्याएको छ।

बिहानीको सिरसिरे हावासँगै देखिने फेवातालको शान्त रूप र हरियालीको सुन्दर दृश्यले यहाँ पुग्ने पर्यटकहरूलाई मन्त्रमुग्ध बनाउने गरेको छ। प्राकृतिक सौन्दर्य र हरियालीको यो अनुपम दृश्यले पोखराको पर्यटनलाई थप आकर्षक बनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: