पोखरामा ५६ हजार नगद र ताससहित ६ जना जुवाडे पक्राउ

Share:

पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं. ५ बरालचोकबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले भदौ १ गते साँझ करिब ६:०० बजेको समयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट नगद ५६ हजार ८सय ३० रुपैयाँ र ५२ पत्ती ताससमेत बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) अन्तर्गत ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: