बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण भाद्र १३ मा, विजेताले भारतमा हुने एसियाली च्याम्पियनशिप खेल्न पाउने

Share:

काठमाडौं । बागमती अटो जिमखाना प्रिक्स अगस्ट २९ मा बागमती अटो जिमखाना प्रिक्सको दोश्रो संस्करण आउँदो अगस्ट २९ (भाद्र १३ गते) आयोजना हुँदैछ । गत वर्षबाट बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा शुरु गरिएको सो इभेन्ट नेपाली मोटरस्पोर्टस्को एउटा ऐतिहासिक इभेन्टका रुपमा परिचित छ ।

जसको पहिलो संस्करणका विजयी आशीष भारती अन्तर्राष्ट्रिय रुपमा समेत नेपाली मोटरस्पोर्टस्को सर्वाधिक सफल खेलाडी बन्न सफल भएका छन्। एक्सट्रिम इनर्जिको मुख्य प्रायोजन तथा लिक्वी मोलि लुब्रिकेन्टसको प्रायोजन रहने यस संस्करण अक्सफोर्ड ड्राइभिङ्ग टे«निङ्ग सेन्टर, लोलाब, तारकेश्वरमा हुनेछ ।

यस पटकको संकरणका विजयीले हबकब या भारतमा हुने एसिया अटो-जिमखाना च्याम्पियनशिप (एएजिसि) मा सहभागिताको अवसर पाउनेछन् । उत्कृष्ट २ ड्राइभरलाई एएजिसिमा सहभागी हुन अवार्ड स्वरूप कुल ७५ हजार नगद एएजिसिका आयोजकद्घारा तथा खेल सामग्री र अन्य सहयोग
एफआईए र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोगमा प्रदान गरिनेछ ।

कुल दुई लाख प्राइज पुल रहेको प्रिकसका विजेतालाई ट्रफिस, सर्टिफिकेट तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । प्रिक्सका सबै खेलाडीको खेल विमाको व्यवस्था, रेसिङ्ग सुट र टेक्निकल ट्रेनिब नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) बाट उपलब्ध गराइनेछ । हजार ९ सय ९९ दर्ता शुल्क रहेको यस प्रिक्समा जुनसुकै सिसिका कारमार्पmत भाग लिन सकिनेछ भने न्यूनतम १० जनाको रजिष्ट्रेशन भए महिलाको छुट्टै इभेन्ट हुनेछ ।

नासा नेपालको रेसिंग लाईसेन्स लिएका खेलाडिले फर्म भर्न सक्नेछन्भने रेसिंग लाईसेन्स नभएका तर अन्य आवस्यक प्रकिया पूरा गरेकालाई भने एक दिने लाईसेन्सिङ्ग कोर्स निःशुल्क उपलब्ध हुनेछ । लाइसेन्स नभएका तथा लाइसेन्स सस्पेन्ड भएकाले भने प्रिक्समा भाग लिन पाउने छैनन्। सहभागीहरू कुनै पनि संघ–सस्था या कर्पोरेट क्षेत्रबाट सहभागी हुनुपर्नेछ ।

कलात्मक रुपमा डिजायन गरिएको शर्ट सर्किटमा हुने जिमखाना स्पिड, टेक्निक र आर्टको संयोजन हुने खेल हो । जहाँ नासा नेपालले दक्ष मार्शल, टायमिङ्ग सिस्टम र सुरक्षाको व्यवस्थापन गरिनेछ । ड्राइभरको दक्षता र गाडीको कण्डिसन, चालकको पकड र खेलाडीको अनुशासन तथा ट्रयाक नेभिगेसन विजयको मुख्य आधार हुन् ।

कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्न यदुराज लामिछाने, आशिष रौनियार र अंकित भन्डारी रहेको कार्यदल गठन गरीएको छ । यो कार्यदलले यस बर्षको मोटरस्पोट्र्सको इभेन्ट र अन्तराष्ट्रिय
सहभागिताको समेत व्यवस्थापन गर्नेछ ।

आगामी शुक्रबारसम्म दर्ता खुल्ला रहेको जानकारी आयोजक समुहमा जनाएको छ । नेपालमा मोटर र मोटरसाइकल, मरिन स्पोट्र्स र ड्रोन समेतको सम्पुर्ण इन्जिनियरिङ्ग र मेकानिकल स्पोर्टस्को राष्ट्रिय संघ नासा नेपालको वार्षिक क्यालेन्डर अन्तर्गत यस इभेन्ट रहेकोछ ।

कमेन्ट गर्नुहोस्
Share: