भारतले पठायो १० टन सहायता सामग्री

Share:

काठामाडौं  । राहत र उद्धारको सामग्री लिएर भारतीय वायुसेनाको जहाज काठमाडौँ आउने भएको छ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले १० टन राहत र औषधिजन्य सामग्री काठमाडौँ पठाएको जानकारी दिएका छन्।

उनले एक्समा लेख्दै नेपालको बाढीप्रभावित क्षेत्रमा मानवीय सहायता उपलब्ध गराइएको बताएका हुन्।

जयशंकरले भारत नेपाल र नेपालीहरूको साथमा रहेको पनि उल्लेख गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: