बाढी पीडित परिवारलाई जी एण्ड के एजुकेशन कन्सलटेन्टको १ लाख ११ हजार सहयोग

Share:

पोखरा । बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पोखराको चिप्लेढुंगामा रहेको जी एण्ड के एजुकेशन कन्सलटेन्टले आर्थिक सहयोग गरेको छ।

कम्पनीले हालैको विनाशकारी भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित रसुवा र तल्लो तटीय क्षेत्रका समुदायका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको संचालक राजन पन्थीले जानकारी गराएका छन् ।

उनका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपद्का कारण समस्यामा परेका परिवार तथा समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले तत्काल राहतस्वरूप उक्त रकम प्रदान गरिएको उनले बताए ।

जी एण्ड के एजुकेशन कन्सलटेन्टले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित नागरिकको साथमा उभिने प्रतिबद्धता व्यक्त गर्दै राहत, उद्धार र पुनःस्थापनाका प्रयासमा आफ्नो तर्फबाट सहयोग जारी राख्ने जनाएको छ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार भदौ ११ गते विहिबार एनएमबी बैंकमार्फत १ लमख ११ हजार १११ रकम सहयोग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: