विभिन्न कसुरका ७ जना फरार प्रतिवादी पोखराबाट पक्राउ

Share:

पोखरा । कास्की जिल्ला अदालतबाट विभिन्न कसुरमा सजाय पाएर फरार रहेका सात जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले मंगलबार छ जना पुरुष र एक जना महिला गरी सात जना फरार प्रतिवादीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा चेक अनादर कसुरका तीन जना, जालसाजी कसुरका दुई जना तथा चोरी र लेनदेन बिगो सम्बन्धी कसुरका एक/एक जना रहेका छन्।

कैद तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका उहाँहरूबाट कुल २० हजार ९ सय रुपैयाँ जरिवाना रकम असुल उपर हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबै जनालाई आवश्यक कारबाही तथा जरिवाना असुल उपरका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
Share: