पोउवा संघ अधिवेशन: ८ जना स्वतन्त्र उम्मेदवारलाई घरदैलोमा व्यवसायीको उत्साहजनक साथ

Share:

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ अधिवेशनका क्रममा कार्यसमिति सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका ८ जना उम्मेदवारहरूले आफ्नो चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानलाई तीव्र बनाएका छन्।

काँहुखोला, माटेपानी, रानीपौवा, नदीपुर, चाउथे, बिरौटा र छोरेपाटन लगायतका क्षेत्रमा गरिएको घरदैलो कार्यक्रमका क्रममा मतदाता व्यवसायीहरूले कुनै पनि प्यानलमा नबसी दिइएको स्वतन्त्र उम्मेदवारीको स्वागत गरेका हुन्।

भेटघाटका क्रममा व्यवसायीहरूले व्यावसायिक हकहित, कर तथा पिरमर्काका सम्पूर्ण विषय बुझेको यस उम्मेदवार समूहबाट संघलाई अझै सबल र उत्तरदायी बनाउन सकिने आशा व्यक्त गरेका छन्।

कुनै पनि अध्यक्ष पदका प्रत्याशीको प्यानलमा नबसी मैदानमा उत्रिएका उम्मेदवारहरू अमृत पोखरेल, सूर्यराज घिमिरे (सुरेश), दुर्गा बराल, नवीन नापित, मनोहरी पौडेल, राम कँडेल, कमलबहादुर सुनार र भानुभक्त अधिकारीले संयुक्त रूपमा प्रचारप्रसार गरिरहेका छन्।

आठै जना सदस्यका उम्मेदवारहरूले उद्योगी-व्यवसायीका वास्तविक समस्या र मुद्दाहरूलाई सम्बन्धित निकायसम्म पुर्‍याउन आफूहरू प्रतिबद्ध रहेको जनाउँदै अत्यधिक मतका साथ विजयी गराउन मतदाताहरूसँग अपिल गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: