
पोखरा । पोखरा-८, सृजनाचोकस्थित सृजना सेकेण्डरी स्कुलमा अतिरिक्त क्रियाकलाप अन्तर्गत भाद्र २६ गते शुक्रबार विविध प्रतियोगिताहरू सम्पन्न भएका छन्। विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना मा.वि.को व्यवस्थापनमा सञ्चालित उक्त कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि नेपाली समाचार वाचन प्रतियोगिता आयोजना गरिएको थियो।
नेपाली विभाग प्रमुख विष्णुप्रसाद सुवेदीको संयोजकत्वमा सम्पन्न सो प्रतियोगितामा सहभागी विद्यार्थीहरूले राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित शिक्षा, संस्कृति, विज्ञान, प्रविधि, राजनीति, अर्थतन्त्र तथा खेलकुद लगायतका समसामयिक विषयका समाचारहरू वाचन गरेका थिए।
प्रतियोगिता अन्तर्गत कक्षा ६ तर्फ प्रिन्सी ढकाल प्रथम, अक्षता तुलाधर र रिजन काफ्ले संयुक्त रूपमा द्वितीय, रिचा बसेल तृतीय तथा सपन बराल चौँथो भए। कक्षा ७ तर्फ प्रमाङ्की चालिसे, आर्या घिमिरे, एड्रिना थापा र एञ्जिला पौडेल क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गर्न सफल रहे।
त्यस्तै कक्षा ८ तर्फ रोजस्वी बुढाथोकी प्रथम, शरद परियार द्वितीय, अनुज अर्याल तृतीय र हिमांशु सापकोटा तथा आराध्या अर्याल चौँथो भए। कक्षा ९ र १० को तहगत प्रतिस्पर्धामा कक्षा १० की सुस्मिता शर्मा प्रथम, कक्षा १० कै साल्मिका आचार्य द्वितीय, कक्षा ९ की प्रतिमा बटला तृतीय र कक्षा १० की विधाता पौडेल चौँथो स्थान हासिल गर्न सफल भए।
उक्त समाचार वाचन प्रतियोगितामा कक्षा ६ का लागि मिना शर्मा लम्साल, कक्षा ७ का लागि इन्दु सुवेदी, कक्षा ८ का लागि रीता आचार्य र कक्षा ९-१० का लागि विष्णुप्रसाद सुवेदीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
यसका साथै विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत प्रि-प्राइमरी तहमा चम्चा दौड, कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि जीवनोपयोगी सीपसम्बन्धी खेलहरू र कक्षा ४ र ५ का लागि बौद्धिक विकास सम्बन्धी ‘मेमोरी गेम’ आयोजना गरिएको थियो।
यी विधाका प्रतियोगिताहरूको नतिजा केही दिनपछि प्रकाशन गरिने अतिरिक्त क्रियाकलाप प्रमुख गौतम तामाङले जानकारी गराएका छन्।
