पोउवा संघमा विभिन्न मेलासहित विभिन्न उपसमिति गठन

Share:

पोखरा । पोखरा उद्योग वाणिज्य संघले वर्षेनि आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलालाई यो वर्ष पनि निरन्तरता दिने भएको छ ।संघको बुधबार बसेको दोस्रो कार्यसमिति बैठकले अध्यक्ष शोभा गौतमलाई नै मेला कार्यसम्पादन समितिको संयोजकको जिम्मेवारी सुम्पने निर्णय गरेको हो ।

संघका महासचिव सुदिप प्रधानाङ्गका अनुसार मेलाको मिति भने वस्तुगत संघ तथा साझेदारहरुसँगको बैठकपछि तय गरिनेछ । संघकी अध्यक्ष गौतमको अध्यक्षतामा बसेको बैठकले सदस्य तथा गैरसदस्य उद्योगी/व्यवसायीमाथि आइपर्ने समस्या समाधानको पहल गर्ने ‘हेल्प डेक्स’ संयोजकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष दिनेशचन्द्र बास्तोलालाई सुम्पेको छ ।

यस्तै, प्रशासन तथा सदस्यता उपसमितिको जिम्मेवारी महासचिव प्रधानाङ्ग,आर्थिक प्रशासन उपसमितिको जिम्मेवारी कोषाध्यक्ष देवेन्सन प्रजू र बस्तुगत संघ/संस्था समन्वय उपसमिति संयोजकको जिम्मेवारी लक्ष्मीप्रसाद अधिकारीलाई सुम्पिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: