पोखराबाट ब्राउनसुगरसहित तनहुँका एक युवक पक्राउ

Share:

पोखरा । पोखरा महानगरपालिका-२६ बुढीबजारबाट प्रहरीले १.६४ ग्राम लागू औषध ब्राउनसुगर (खैरो हिरोइन) सहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका-२ जामुने बस्ने ३० वर्षीय पदम थापा रहेका छन्।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले मङ्गलवार साँझ करिब ६:१० बजे थापालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले निजको खानतलासी गर्दा प्लाष्टिकबाहेक १.६४ ग्राम ब्राउनसुगर जस्तो देखिने अवैध पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पक्राउ परेका थापामाथि लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: