
पोखरा । भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा पुनस्र्थापनाका लागि तमु समाज यूकेले प्रधानमन्त्री राहत कोषमा २५ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेको छ । तमु समाज यूकेको आमा समूहकी संस्थापक अध्यक्ष माया गुरुबको नेतृत्वमा नेपाल आएको टोलीले गृहमन्त्री सुधन गुरुङलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
बाढीपीडितको राहत र पुनस्र्थापनामा सहयोग पुग्ने उद्देश्यले समाजको तर्फबाट प्रधानमन्त्री राहत कोषमा रकम प्रदान गरिएको माया गुरुङले बताइन् । चेक ग्रहण गर्दै गृहमन्त्री गुरुबले विपद्मा परेका नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा योगदान गरेकोमा तमु समाज यूकेप्रति आभार व्यक्त गरे ।
चेक हस्तान्तरणका क्रममा तमु समाज यूकेका प्रतिनिधिले गृहमन्त्री गुरुङलाई खादा, माला, फेटा, भाब्ग्रा तथा गलवन्दी लगाएर सम्मानसमेत गरेका थिए । टोलीमा तमु समाज यूकेको आमा समूहकी संस्थापक अध्यक्ष माया गुरुङ, समाजसेवी चन्द्रबहादुर गुरुङ, तमु समाज यूकेकी प्रथम महिला विष्णुमति गुरुङ र माया (डोल्मा) गुरुबको टोली नेपाल सहयोग हस्तान्तरणका लागि नेपाल आएको हो ।
सहयोग हस्तान्तरणका लागि आवश्यक व्यवस्थापन समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुरगुरुङ, तत्कालिन अध्यक्ष शिवशरण गुरुङ र कोषाध्यक्ष चन्द्रकान्त गुरुबले गरेका थिए । गृहमन्त्रीगुरुङसँगको भेटघाटको समन्वय बोरो अफ स्वीडनका काउन्सिलर ज्ञान गुरुङले गरेका थिए ।
तमु समाज यूकेको स्थापना तथा संस्थागत विकासको इतिहास लामो छ । ७ जुलाई २०१२ मा भएको वार्षिक साधारण सभाले संस्थाको नाम परिवर्तन गरी तमु समाज यूके राख्ने निर्णय गरेको थियो । त्यसको केही महिनापछि १० डिसेम्बर २०१२ मा बेलायतको च्यारिटी कमिसनमा समाज औपचारिक रूपमा दर्ता भएको थियो ।
तत्कालिन अध्यक्ष शिवशरण गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलगायतको नेतृत्व र मार्गदर्शनमा अघि बढेको समाजले बेलायतमा नेपाली तथा तमु समुदायसँग सम्बन्धित विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।
सामाजिक सेवा, समुदायको हित तथा विपद्का बेला सहयोग गर्ने उद्देश्यअनुसार समाजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।भोटेकोशी बाढीपीडितका लागि अहिले गरिएको सहयोग पनि त्यही सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा गरिएको हो । समाजले विगतमा पनि नेपालका विभिन्न विपद्का समयमा सहयोग गर्दै आएको छ ।
सन् २०१५ को भूकम्प, सेती नदीको बाढी तथा कोरोना महामारीका बेला समाजले विभिन्न स्थानमा राहत सामग्री वितरण र आर्थिक सहयोग गरेको थियो । सोही कार्यलाई निरन्तरता दिदैं समाजले १० भदौमा भोटेकोशी नदीमा आएको बाढी तथा देशका विभिन्न स्थानमा भएका बाढीपहिरोबाट प्रभावित परिवारहरूलाई सहयोग पुर्याउने उद्देश्यले राहत संकलन अभियान सञ्चालन गरेको थियो ।
अभियानमा समाजका सदस्यहरू, विभिन्न संघसंस्था, कम्पनी तथा शुभचिन्तकहरूले सहयोग गरेको तमु समाज यूके, आमा समूहकी संस्थापक अध्यक्ष माया गुरुङ बताइन्। समाजले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता नागरिकहरूको खोजी कार्य सफलताको कामना गरेको छ । साथै, राहत संकलन अभियानमा योगदान दिने सम्पूर्ण सदस्य, संघसंस्था, कम्पनी तथा शुभचिन्तकहरूप्रति समाजले आभार व्यक्त गरेको छ ।
