बाढीप्रभावितका लागि एन प्याब्सन कास्कीद्वारा राहत संकलन अभियान

Share:

पोखरा। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि एन प्याब्सन कास्कीले राहत संकलन अभियान सुरु गरेको छ।

बाढीका कारण घरबार, व्यवसाय र दैनिक जनजीवन अस्तव्यस्त बनेका परिवारलाई तत्कालीन राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

एन प्याब्सन कास्कीले आफ्ना सम्बद्ध विद्यालयहरूमार्फत राहत सामग्री तथा आर्थिक सहयोग संकलनलाई अभियानका रूपमा अगाडि बढाएको जनाएको छ।

सङ्कलित राहत सामग्री तथा सहयोग रकम शीघ्र बाढी प्रभावित क्षेत्रमा पुर्‍याएर पीडित परिवारको आवश्यकता पूरा गरिने एन प्याब्सन कास्कीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: