
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।
कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङ र असिनासहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।
मधेसलगायत कोसी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
बागती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति कोसी प्रदेशका सबै भूभाग तथा बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी र कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोसी प्रदेशका तराई भूभागमा थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ ।
