
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन् । कांग्रेसको जारी १५औँ महाधिवेशनबाट गगन सभापतिमा निर्वाचित भएका हुन् ।
उनले ६ हजार ५८४ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । ५४ मत बदर भएको छ ।
जम्मा सात हजार १३ मत खसेको थियो । सभापति गगनले कुल खसेको मतको ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन् । खड्गीले ५.३५ प्रतिशत मत प्राप्त गरेका छन् ।
कमेन्ट गर्नुहोस्
