पोखरामा स्कुले बस दुर्घटना, ५ जनाको मृत्यु

Share:

पोखरा । पोखरामा कालिका बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ। दुर्घटनामा परि ५ जनाको मृत्यु भएको प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए। उनका अनुसार मृत्यु भएका कसैको पनि पहिचान खुल्न सकेको छैन।

पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित माझठानाबाट कालिका बोर्डिङ स्कुलका लागि विद्यार्थी बोकेर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस ओख्लेमा सडकबाट करिब १ सय ५० देखि २०० मिटर तल भीरमा खसेको हो ।

दुर्घटनामा परी घाइते भएका १८ जनाको उद्धार गरिएको छ भने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मा उपचार भैइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: