सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड

Share:

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले आज फेरी नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यससँगै विगत ५ दिनदेखि सुनको मूल्यले दिनकै नयाँ कायम राखेको छ। गत असोज ६ गते १ लाख ५८ हजार ८ सय रुपैयाँ पुग्दै नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य त्यसपछि दैनिक नयाँ उचाईमा पुगिरहेको छ।

यसअघि असोज ९ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: