
काठमाडौँ। महाकाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। बैतडीको पुर्चौडी नगरपालिका-५ कुवाकोटका २३ वर्षीय अमर धामी महाकाली नदीमा बगेर बेपत्ता भएका हुन्।
पिथौरागढबाट फर्किने क्रममा झुलाघाट वारी सडक छेउबाट लतारिएर उनी नदीमा खसेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाका अनुसार नदीमा खसेर बेपत्ता धामीको खाेजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल महाकाली किनार क्षेत्रमा परिचालन गरिएको छ। यसका साथै खाेजीका लागि भारतीय सुरक्षाकर्मी एसएसबीलाई पनि आग्रह गरिएको छ।
लगातारकाे वर्षाले महाकालीकाे बहाव बढ्नुका साथै पानी धमिलाे भएकाले खाेजतलासमा समस्या भएकाे प्रवक्ता ढुंगानाको भनाई छ।
अहिले उनको खोजि कार्य भईरहेको जनाएको छ।
