एन्फा फुटबल एकेडेमीका ५ जना खेलाडी सम्पर्कविहीन

Share:

काठमाडौँ। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-३ स्थित वत्सलादेवी एन्फा फुटबल एकेडेमीका ५ जना खेलाडी सम्पर्कविहीन भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले इन्द्रसरोवर-३ मा राखेको १४ वर्ष मुनीका क्याम्पका ५ जना खेलाडी सम्पर्कविहीन भएका हुन्।

वत्सलादेवी माविमा होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्ये ५ जना सम्पर्कविहीन भएका हुन्।

शनिबार बिहान अविरल वर्षासँगै सुरक्षित स्थानमा खेलाडीलाई सार्न खोज्दा उनीहरु पहिरोमा पुरिएको आशंका गरिएको छ। एन्फा केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा अनुसार अन्य खेलाडी भने सम्पर्कमा रहेका छन्।

खेलाडीहरू छोटो बाटो भएर सुरक्षित स्थानमा आफैँ जान खोज्दा पहिरोमा पुरिएको जानकारीमा आएको छ।

अविरल वर्षापछि शनिबार कुलेखानी खोलामा गएको पहिरोले एकेडेमीका खेलाडीलाई असर पर्ने अवस्था भएपछि सुरक्षित स्थानमा लैजाने क्रममा पहिरोमा परी खेलाडी बेपत्ता भएका हुन्।

बेपत्ता विद्यार्थी खेलाडीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: