
काठमाडौँ। बिहीबार बेलुकादेखि निरन्तर परिरहेको अविरल वर्षाका कारण शनिबार मध्यान्हसम्म विभिन्न राजमार्गका ६८ स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनेका छन्। काठमाडौं जोड्ने अधिकांश सडक ठप्प छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालका अनुसार काठमाडौं जोड्ने नागढुंगा-नौबिसे, दक्षिणकाली-सिस्नेरी-भिमफेदी, अरनिको राजमार्गको विभिन्न खण्डमा पहिरो खसेर यातायात ठप्प बनेको छ।
कमेन्ट गर्नुहोस्
