दोलखामा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

Share:

काठमाडौँ। दोलखामा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

जिल्लाको भीमेश्वर नगरपालिका-६ मैदानेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो।

शनिबार दिउँसो स्थानीय रामकुमार भुजेलको घर पुरिँदा उनी, श्रीमती राधा र १६ वर्षीय छोरा रोशनको मृत्यु भएको प्रहरीले बताएको छ।

उनीहरूका ५ वर्षीय छोराको जीवितै उद्धार गरिएको प्रहरीले दोलखा प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: