
काठमाडौँ। त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले शनिबार राती क्यानडासँग खेल्दैछ। खेल क्यानडाको किङ्ग्स सिटीमा हुने जनाइएको छ।
नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार अहिले राती एकछिनपछि ९ः४५ बजेबाट सुरु हुनेछ।
त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल ओमानसँग आइतबार खेल्नेछ भने मङ्गलवार अक्टोबर १ मा क्यानडासँग खेल्ने छ।
बुधवार अक्टोबर २ मा फेरि ओमानसँग खेल्ने बताइएको छ।
रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टीममा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साँउद, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) मा रहेका छन्।
आइसीसी विश्वकप क्रिकेट लिग २ को एक दिवसीय सिरिज अन्तर्गत एक सिरिजको सुरुआत गर्न चाहन्छ। एक दिवसीयमा नेपालले तीन खेल हारेको छ भने एक खेल मौसमका कारण रद्द भएको थियो। तर यो सिरिजमा नेपाललाई कमब्याकको अवसर रहनेछ।
