सिन्धुपाल्चोकमा पहिरोमा परी दुईको ज्यान गयो, दुई बेपत्ता

Share:

काठमाडौँ। अविरल वर्षातका कारण शनिबार सिन्धुपाल्चोकमा पहिरोमा परी दुई  जनाको ज्यान गएको छ भने दुई बेपत्ता भएका छन्।

जुगल गाँउपालिका-१ कुने गाउँमा दुई जनाको ज्यान गएको हो। यस्तै दुई बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार पहिरोले क्षतिग्रस्त घरबाट जुगल-१ कुनेगाँउबासी ४५ वर्षका चित्रबहादुर मिजार र एक पहिचान नखुलेको ५ वर्षे बालकको शव निकालिएको छ।

बेपत्ता हुनेमा मृतक मिजारकी श्रीमती ४५ वर्षकी ठूलोकान्छी र जुगल-४का २४ वर्षका अविनाश नेपाली हुन्।

कमेन्ट गर्नुहोस्
Share: