
काठमाडौँ। धादिङको धुनिबेँसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा हालसम्म पहिरोमा परेकामध्ये ३५ जनाको शव भेटिएको छ।
सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ।
प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेको हो। यस्तै पहिरोमा पुरिएका माइक्रो बस र बस भेटिएको छ।
पहिरोमा परेकाहरुको अहिले पनि उद्धार कार्य जारी रहेको र २६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। आइतबार बिहान स्काभेटर लगाएर पहिरो हटाउने क्रममा बसबाट थप शवहरू भेटिन थालेको हो। उक्त पहिरोमा कति वटा सवारी साधन पुरिएका छन् भन्नेबारे अझै यकिन हुन सकेको छैन।
शनिवार अपरान्ह मात्र उक्त ठाउँमा सवारी साधन पुरिएको आशंका सुरु गरिएको थियो।
