बाढीपहिरो अपडेट: देशभर मृत्यु हुनेको सङ्ख्या १३२ पुग्यो, ३ हजार ६२६ जनाको सकुशल उद्धार

Share:

काठमाडौँ। बाढी पहिरो र डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको छ। गृहमन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेस प्रदेशमा २ जनाको मृत्यु भएको छ।

त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन्। भने सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ हजार ६२६ जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: