
काठमाडौँ। नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्मा ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाँच लाख रुपैयाँको चेक अध्यक्ष हस्तान्तरण गरेका हुन्।
सो अवसरमा प्रवास समन्वय समितिको कार्यालयका मुख्य सचिव टिबी पाठकको पनि उपस्थिति रहेको थियो। चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिएका छन्।
कमेन्ट गर्नुहोस्
