तनहुँको विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा

Share:

पोखरा। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

वर्षासँगै आएको पहिरोका कारण हिजो दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी सञ्चालनमा आएको खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो।

ढुङ्गा हटाउनका लागि बिहान केही बेर गाडी रोकिएका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्राय जिल्लाका सबै सडक सञ्चालनहरुमा रहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: