ललितपुरमा थप ६ जनाको शव फेला

Share:

काठमाडौँ। वर्षाजन्य विपदमा परी ललितपुरमा मृत्यु भएका थप ६ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले आज दिएको जानकारीअनुसार खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र आज बिहानसम्म ६ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो।

फेला परेका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भई आफन्तले बुझेर लगेको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिइन ।

नेपाल प्रहरीले आज बिहान अद्यावधिक गरेको तथ्याङ्कअनुसार महाङ्काल गाउँपालिका वडा नं २ मानिखेल लक्ष्यबास बस्ने वर्ष ९ का आयुष स्याङ्तान, महाङ्काल-२ ठोस्ने खोला बस्ने एकै परिवारका वर्ष ४० की राममाया स्याङ्तान, निजका छोरा वर्ष १४ का अजय स्याङ्तान, अर्का छोरा वर्ष ११ का सुवास स्याङ्तान र छोरी वर्ष ९ की सलिना स्याङ्तानको शव फेला परेको छ।

प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार वर्षाजन्य विपदमा परेर अझै १० जना बेपत्ता रहेका छ। प्रहरीले अद्यावधिक गरेको तथ्याङ्कअनुसार महाङ्काल-३ गोटीखेल बस्ने इश्वर तिमल्सिना, उनकी आमा र श्रीमती गोमा असोज १२ गतेबाट बेपत्ता छन्।

कमेन्ट गर्नुहोस्
Share: