
काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ बानेश्वरको द एभरेस्ट होटल र बबरमहलको इमिरो प्लाजा अर्थात् बसेरा बुटिक होटललाई तीन-तीन लाख रुपैयाँ जरिवाना तिराएको छ।
चाडबाड लक्षित अनुगमनका क्रममा रिलेवलिङ गरेको गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेकाले कारबाही गरेको विभागले जानकारी दिएको छ।
दुवै होटलले उपभोक्ता हित विपरीतका क्रियाकलाप गरेको भेटिएपछि नगद जरिवाना तिराइएको विभागको भनाइ छ।
विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ।
यसअघि विभागले जिम्बु थकाली रेस्टुरेस्टलाई बढी मूल्यमा पानी बेचेको भन्दै ३ लाख रुपैयाँ जरिवाना गराएको थियो।
कमेन्ट गर्नुहोस्

