
काठमाडौँ। साइबर अपराधको कसुरविरुद्ध पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो।
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको कसुरमा उनीविरुद्ध दुई वटा मुद्दा दर्ता भएको थियो।
उनलाई विद्युतीय अपराधमा असोज ६ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो।
उनीमाथि ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
