रवि लामिछानेविरुद्ध सहकारी पीडितको प्रदर्शन, चार जना पक्राउ

Share:

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीले सहकारी पीडित अब्दुल मिया अन्सारीसहित चार जनालाई पक्राउ गरेको छ।

चितवन-२ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका लामिछाने शनिबार चितवनवासीसँग भेटघाट कार्यक्रमका लागि नारायणघाटस्थित नारायणी कला मन्दिरमा पुगेका थिए।

त्यही कार्यक्रमका बीच सहकारीपीडितहरूले विरोध प्रदर्शन गरेका थिए। हलभित्र कार्यक्रम चलिरहेका बेला बाहिर सहारा वहुउद्देश्य सहकारी र सनराइज बचत तथा ऋण सहकारीका बचतकर्ताहरूले विरोध प्रदर्शन गरिरहेका थिए।

त्यही क्रममा प्रहरीले बचतकर्ता अब्दुल मिया अन्सारीसहित चार जनालाई पक्राउ गरेको हो।

पीडितहरूका तर्फबाट शान्तिपूर्ण विरोधसहित ज्ञापनपत्र बुझाउन जाँदा आफूहरूमाथि रास्वपाका कार्यकर्ताले ढुंगा प्रहार गरेको सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले बताए।

सभापति लामिछानेविरुद्ध शुक्रबार दिउँसो मुग्लिन बजारमा समेत विरोध प्रदर्शन भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: