कुँवर समाजको साधारण सभा सम्पन्न, विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

Share:

कास्की : पोखरा महानगरपालिका-८, कुँवरटोलमा स्थापना भएको कुँवर समाज समितिको ११ औं वार्षिक साधारण सभा, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम घटस्थापनाको दिन सम्पन्न भएको छ ।

कार्यक्रम प्रमुख अतिथि पोखरा मनपा’८ का अध्यक्ष रुद्रनाथ बरालले गरेका थिए भने वडाका सदस्य गोविन्द बराल, मनकामना निर्माण समितिका संचालक विनोद केसी, जाल्पादेवी बहुउद्धेश्यीय विकास समितिका अध्यक्ष विश्व बिजुक्छे, पूर्व अध्यक्षहरू लाल बहादुर कुँवर र राम बहादुर खाँड, भवानी आमा समुहकी अध्यक्ष मधु कुँवर, युथ अफ कुँवर टोलका अध्यक्ष राजु कुँवर लगायतले मन्तव्य दिएका थिए ।

सो अवसरमा भवन निर्माणमा आर्थिक सहयोग गर्ने महानुभावहरूका साथै स्नातकोत्तर तह उत्तिर्ण सोनिका कुँवर, लक्ष्मी कुँवर स्नातक उत्तीर्ण सल्ताज कुँवर, मञ्जु कुँवर, युनिशा कुँवर, समिक्षा कुँवर, कक्षा १२ उत्तीर्ण  अनुष्का कुँवर, अमन कुँवर, सेजल कुँवर, २०८० सालको एसइई उत्तीर्ण विद्यार्थीहरू अविनाश कुँवर, सञ्चाली कुँवर, सविन कुँवर, सिम्रन कुँवर (ए), सिम्रन कुँवर (वि), आषीयन कुँवर, मनिका कुँवर र दिवश कुँवरलाई सम्मान गरिएको छ ।

सचिव लक्ष्मी कुँवरले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रोशन कुँवरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, समाजका आर्थिक स्थिति कमजोर भएका सदस्यका छोराछोरीलाई शैक्षिक सामाग्री, स्कुल ड्रेस लगायत सहयोग गरिएको थियो ।

समितिका अध्यक्ष कृष्ण कुँवर अध्यक्षतामा भएको कार्यक्रममा सहकोषाध्यक्ष चिजादेवी कुँवरले स्वागत र सचिव लक्ष्मी कुँवरले कार्यक्रम संचालन गरेकी थिइन ।

कमेन्ट गर्नुहोस्
Share: