बिग एफएमद्धारा गुडलकका विजेतालाई पुरस्कार वितरण

Share:

माधब भुसाल पोखरा,७ असार । विभिन्न इभेन्टहरु मार्फत श्रोताहरु माझ छुट्टै पहिचान बनाउन सफल बिग एफ एमले नयाँ वर्ष २०७२ सालको उपलक्ष्यमा सञ्चालन गरेको कार्यक्रम गुडलकका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ। सोमवार एक कार्यक्रमकाविच विजेताहरुलाई पुरस्कार वितरण गरिएको हो ।

विजेताहरु मध्ये तारा सुवेदी र समुन्द्र भण्डारीले जनही दुई हजार रुपैयाँ जितेका थिए । यस्तै सुमन तिमील्सीना र प्रवेश केसीले  जनही एक हजार जितेका थिए भने बिमला गुरुङ, गौतम थापा र विष्णु थापाले जनही पाँच सय रुपैया जितेका हुन् । विजेताहरुलाइ एफ एमका अध्यक्ष महेश भण्डारीले पुरस्कार बितरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै भण्डारीले विग एफ एमका हरेक इभेन्ट लगायत अन्य कार्यक्रमहरुमा श्रोताहरुको उत्साहजनक सहभागिता रहने बताए ।‘विग एफएमले आयोजना गर्ने हरेक इभेन्ट लगायतका अन्य कार्यक्रमहरुलाइ श्रोताहरुले मन पराइदिनुभएको छ ’। उनले भने ‘उहाँहरुकै माया अनि सद्धभावकै कारणले आज हामी यो स्थान सम्म आइपुगेका छौ । ’ विग एफ एमले आगामी दिनमा पनि अझै उत्कृष्ट कार्यक्रमहरु श्रोताहरु माझ ल्याउने उनको बताए ।

वैशाख १,२ र ३ गते सम्म सञ्चालन भएको कार्यक्रममा श्रोताहरुले एस एम एस मार्फत सहभागिता जनाएका थिए । सहभागिहरु मध्ये लक्की ड्र मार्फत विजेता घोषणा गरिएको हो । कार्यक्रममा ३० हजार श्रोताहरुले एस एम एस मार्फत सहभागिता जनाएको एफ एमले जनाएको छ।

कार्यक्रमको सञ्चालन एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: