
पोखरा। बौद्धिक अपाङ्गता भएकी ३० वर्षिया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले हरिनास गाउँपालिका-४ का ४५ वर्षिय टुकबहादुर थापालाई पक्राउ गरेको छ।
असोज २५ गते साँझ ५ बजेको समयमा अपाङ्ग ती युवतीलाई फकाईफुलाई थापाले जंगलमा लगेर जबरजस्ती करणी गरेको पीडितका आफन्तले जिल्ला प्रहरीमा बयान दिएका छन्।
धम्काएर जबर्जस्ती करणी गरेको थापालाई सोही दिन पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
