
बैतडी। बैतडीमा २० वर्ष उमेर नपुग्दै गर्भवती हुने महिला को सङ्ख्या धेरै रहेको पाइएको छ। आर्थिक वर्ष २०८० र ०८१ को तथ्याङ्कअनुसार जिल्लामा २५६ जना महिला २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो।
एक वर्षको अवधिमा बैतडी जिल्लामा गर्भवती हुने महिलाको सङ्ख्या २५६ रहेको भए पनि सुत्केरी हुने महिलाको सङ्ख्या भने २२३ जना उमेर नपुगेका महिलाको तथ्याङ्क फेला परेको हो।
२० बर्ष उमेर नपुग्दै गर्भवती हुने महिलामध्ये पनि दक्ष प्रसुतीबाट प्रसुती हुने महिलाको सङ्ख्या १४२ जना रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
यस्तै दक्ष स्वास्थ्यकर्मीबाट प्रसुती हुने १४ जना, अन्य स्वास्थ्यकर्मीबाट प्रसुती हुने ६५ जना र घरमै प्रसुती हुने उमेर नपुगेका महिलाको सङ्ख्या दुई जना रहेको स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी बिपिन लेखक बताए।
