सुदूरपश्चिम सरकारले थारु समुदायको मरुवा निर्माण गरिदिने

205
0
Share:

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको मरुवा-ठनुवा (कूल देउवा) निर्माण गर्ने भएको छ। सुरुवाती चरणमा कैलाली जिल्लास्थित करिब २ सय थारु गाउँको २ सय साझा मरुवा निर्माण गर्ने भएको हो।

जसका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा बजेट समेत विनियोजन गरेको बताएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले थारु समुदायको मरुवा निर्माण गर्न लागेको बताएका छन्।

सबै वर्ग समुदाय, जात जातिका अभिभावक प्रदेश सरकार रहेकोले तिनीहरूको धार्मिक आस्था, कला संस्कृतिसँग जोडिएका धरोहरहरूको संरक्षण गर्नु प्रदेश सरकारको दायित्व रहेको उनले बताएका हुन्।

चालू आवमा मरुवा निर्माणको लागि २ करोड ३० लाख बजेट विनियोजन भएको बताउँदै मुख्यमन्त्री शाहले मौलिकता अनुसारकै एउटै लागत र स्वरूपको मरुवा बनाउने बताए। हरेक थारु बस्तीमा एउटा साझा कुल देउता राख्ने स्थान रहेको हुन्छ। जहाँ समूहगत रूपमा पूजापाठ हुने गर्दछ।

कमेन्ट गर्नुहोस्
Share: