सवारी दुर्घटनामा तीन जनाको मृत्यु

261
0
Share:

 

काठमाडौं : सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

दाङ, बङ्लाचुली गाउँपालिका-४ जुम्लेपानीस्थित सडकमा रा.१ ख १८५७ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ७० मिटर तल खसेर गए राति दुर्घटना हुँदा चालक गढवा गाउँपालिका-७ बस्ने २९ वर्षीय प्रभु चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

झापा, बिर्तामोड नगरपालिका-३ बिर्ताबजारस्थित सडकमा मे.१ च ५९३० नम्बरको छोटा हात्ती गाडीको ठक्करबाट पैदलयात्री भारत बहादुरगञ्ज घर भई झापा बिर्तामोड नगरपालिका-३ सैनिकमोड डेरा गरी बस्ने ६५ वर्षीय आसारूलाल पानवारीको मृत्यु भएको छ । बिहीबार साँझ गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पतालमा बिर्तामोडमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेख, डुङगेश्वर गाउँपालिका-२ तल्लो डुङगेश्वर नजिक सुर्खेतबाट तल्लो डुङगेश्वरतर्फ जाँदै गरेको भे.१ त ८९६७ नम्बरको ट्याक्टर षनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक गुराँस गाउँपालिका-२ लमचुडी बस्ने ३७ वर्षीय गोपी नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय ढकाल मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकलाई थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: