पोखरामा ‘ए’ साइट पुरुष खुला फुटबल प्रतियोगिता हुँदै, विजेताले १ लाख ५५ हजार पाउने

Share:

 

कास्की : पोखरामा चेतमान स्मृति खेल मैदानमा सेभेन ‘ए’ साइट पुरुष खुला फुटबल प्रतियोगिता हुने भएको छ। नव प्रतिभा सामुदायिक विकास प्रतिष्ठान र मसिना फुटबल क्बलको संयुक्त आयोजनामा दोस्रो पटक कात्तिक ९ गतेदेखि फुटबल प्रतियोगिता हुन लागेको हो।

खेल संयोजक मनोज न्यौपानेका अनुसार पोखरा महानगरपालिका- १४  मा हुने खेलामा टिम दर्ताका लागि ७ हजार ५ सय रूपैया शुल्क लाग्ने तथा कम्तिमा ५० टिम दर्ता हुने अपेक्षा छ।

न्यौपानेले बिगखबरसँग भने, ‘ प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र द्धितिय पुरस्कार ७५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ।‘

यस्तै, प्रतिष्ठानका महासचिव उदयराज आचार्यले प्रतियोगिताले पोखरा १४ लाई एक सुत्रलाई बाध्ने र युवाहरूलाई खेलक्षेत्रमा आकर्षण बढाउने उल्लेख गरे।

उनले भने, ‘ प्रतियोगितामा हाई स्कोर ल्याउनेलाई ५ हजार, उत्कृष्ट डिफेन्डरलाई ५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैयाँ, उत्कृष्ट गोलकिपरलाई ५ हजार र टप स्कोर ल्याउनेलाई ५ हजार प्रदान गरिनेछ।

यस्तै, प्रतिष्ठानका अध्यक्ष नेत्रबहादुर तिमिल्सिनाले प्रतिष्ठानले दुई वटा सरप्राइज अवार्ड पनि राखेको  पनि बताए।

प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा)कै रेर्फी हुने र प्रतियोगिता भरी लामाचौर फुटसलले प्रत्यक्ष प्रशारण गर्ने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: