करेन्ट लागेर मृत्यु बालिकासहित दुई जनाको मृत्यु

191
0
Share:

काठमाडौं : करेन्ट लागेर मृत्यु बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

महोत्तरी, गौशाला नगरपालिका-३ पचाईन गाउँ बस्ने बिहारी महतोकी छोरी १३ वर्षीया करिना कुमारी महतोको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित तरकारी बारीमा लगाएको विजुलीको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

रूपन्देही, तिलोत्तमा नगरपालिका-११ मझरानी बस्ने ३८ वर्षीय महेश चौधरीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ । आफ्नै घर पछाडी रहेको खेतमा जमेको पानी विद्युतीय मोटरले फाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: