
काठमाडौँ। कप्तान पूजा महतोको कीर्तिमानी शतकप्रेरित खेलमा नेपाली यु-१९ महिला क्रिकेट टोलीले कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको छ।
युएईमा जारी यू-१९ महिला टी-२० विश्वकप छनोट खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले कुवेतविरुद्ध २ विकेट गुमाएर २१३ रन जोडेकोसँगै चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको हो।
पूजाले कुल ६९ बलको सामना गर्दै १७ चौकाको मद्दतले १३० रन जोडिन्। उनलाई उत्कृष्ट सहयोग गर्ने क्रममा सोनी पाख्रीनले ३३ बलमा ४३ रन जोडिन्।
उनीहरूबाहेक सावित्री धामीले ११ र साना प्रविनले ६ रनको योगदान दिइन्।
कमेन्ट गर्नुहोस्
