
पोखरा, १० असार । क्रान्तिकारी पत्रकार संघ कास्कीद्धारा स्थापित तथा संचालित थमन महेश पत्रकारिता पुरस्कार २०७१ बाट शनिवार पत्रकार रुद्र भट्टलाई सम्मानित गरिने भएको छ ।
संघका कास्की जिल्ला संस्थापक अध्यक्ष समेत रहेका भट्टलाई सम्मान गर्न पूर्व प्रधानमन्त्री तथा एमाओवादीका बरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई पोखरा आउने कार्यक्रम तय भएको संघका कास्की जिल्ला अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।
पुरस्कारको राशी २५ हजार रुपैया नगद र सम्मान पत्र रहेको छ । यसअघि पुरस्कारबाट, अग्रज पत्रकारहरु कोमलनाथ बराल र महेश्वर दाहाल सम्मानित भइसक्नुभएको छ ।
पोखरामा बिशेष कार्यक्रम आयोजना गरेर पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका भट्टलाई सम्मान गरिने भएको हो ।
राष्ट्रिय स्वाभिमान साप्ताहिकमा कार्यरत शहिद पत्रकारद्धय थमन परियारको जनयुद्धमा लाग्ने क्रममा निधन भएको थियो । साथै महेश पहारीको तत्कालिन शाही सेनाले गिरफ्तार गरेकोमा, बिरामी हुँदा पनि उपचार नगरेका कारण हिरासतमै मृत्यु भएको थियो ।
