
तिन दशक देखी चलचित्र क्षेत्रमा लाग्दै आएका केसी पछिल्लो समय नायिका जिया केसी सँगको सम्बन्धका कारण चर्चामा आएका थिए । र उनि अहिले फेरी अर्को स्क्यान्डलमा परेका छन् । उनलाइ होटलको बिल नतिरेको आरोप लागेको हो ।
आफु स्वयं निर्देशक र निर्माता रहेको फल्म ड्रिम्स को छायांकनका लागी पोखरा आएका केसी पोखरा स्थित ड्याम साइडको पिसफुल होटलमा बस्दै आएका थिए । फिल्म युनिटको करीब ४० जनाको टोलीले होटलमा बस्दा तथा खाना खाजाको गर्दा करीब ५ लाख बराबरको बिल आए पनि उक्त रकम समयमै तिर्न नसकेपछि होटलले नायक केसीको निजि कार तथा ड्रिम्स फिल्मको छायाङकनको लागि ल्याएको दुई वटा वस होटलले नियन्त्रणमा लिएको खबर बाहीर आएको थियो ।
यसबारे स्पष्टीकरण दिन केसीले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरे । पत्रकार सम्मेलनका बोल्दै उनले आफ्नो गाडी होटलले नियन्त्रणमा लिएको कुरा सरासर झुट भएको बताएका छन् ‘।मेरो गाडी नियन्त्रणमा लिएको भन्ने कुरा सरासर झुट हो उनले भने होटलले मेरो गाडी सुरक्षाको लागी लक गरेर राखेको हो ।’
आफु १० दिनको लागी पोखरा आएको तर सुटिङको दौरानमा २७ दिन पोखरा रहनुपर्ने भएकाले एक दुइ दिन आर्थिक समस्या पर्ने भएपनि समाचारमा आएजस्तो गाडी नै लक भने नगरेको स्पष्ट पारे ।
यसको पुष्टी गर्नका लागी उनले पिसफुल होटलकी सञ्चालीका बिन्द्वेश्वरी श्रेष्ठ द्धारा हस्ताक्षरीत पत्र नै ल्याएर सुनाए । उक्त पत्रमा श्रेष्ठले आफ्नो होटलले बाहीर आएजस्तो सामाग्रीहरु नियन्त्रणमा नलिएको बताइएको छ ।
कलाकारहरुलाइ पारिश्रमीक किन नदिएको भन्ने जिज्ञासा उनले भने ‘कलाकारहरुलाइ पारिश्रमीक दिन्न भनेको छैन । कहीले काही ढिलो हुन सक्छ,केही दिन पछि दिन्छु भनेको हुँ । काम गरिसकेपछि पारिश्रमी दिन्न भन्नु अपराध हो ।’
यता भुवन केसीले समाचारमा आएको कुरा झुट भएको बताइरहँदा केहीले भने होटलको मिलेमतोमा पछि कुरा मिलेको पनि बताएका छन् ।होटलको गेटमा ताल्चा र गाडी लक गरेर होटलले राखेको प्रत्यक्ष देखीएकाले भुवन केसीले सो कुरा नस्वीकारेको पनि उनिहरुको आरोप छ।
