विश्वकपमा छनोट भएको नेपाली महिला टोलीलाई भव्य स्वागत

Share:

काठमाडौँ। आइसिसी महिला यू-१९ विश्वकप क्रिकेटका लागि छनोट भएको नेपाली यू-१९ टोलीको भव्य स्वागत गरिएको छ। बिहीबार साँझ स्वदेश फर्किएको टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो।

नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीका साथै क्रिकेट समर्थक र खेल प्रेमीहरूले उनीहरूको स्वागत गरेका हुन्। बुधबार भएको निर्णायक खेलमा आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपाल मलेसियामा हुने यू-१९ महिला विश्वकपमा छनोट भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: