
काठमाडौँ। दार्चुलामा जिप दुर्घटना परी घाइते भएका पाँच जनामध्ये तीनजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
गम्भीर घाइते भएका तीनजनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले बताए।
दुर्घटना परेर गम्भीर घाइते भएका जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० बर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका-५ का २८ बर्षीय उत्तम रोकाया र दार्चुलाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ८ बर्षीय सन्दीप रावललाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
कमेन्ट गर्नुहोस्
